|
२०८३ जेष्ठ ७
काठमाडौं । बुधबार कोलकाताको इडेन गार्डेनमा कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा पराजित मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई जरिवाना भएको छ ।
इण्डियन प्रिमियर लिग (आइपिएल) को आचार संहिताको उल्लङ्घन गरेकोमा मुम्बईका कप्तान पाण्ड्यालाई उनको म्याच फिको १० प्रतिशत जरिवाना गरिएको छ ।
उनले एक डिमेरिट पोइन्ट पनि पाएका छन् । हार्दिकले आइपिएलको आचार संहिताको धारा २.२ उल्लङ्घन गरेको पाइयो । जुनमा खेलको समयमा क्रिकेट उपकरण वा कपडा, मैदान उपकरण वा फिक्स्चर र फिटिंगको दुरुपयोगसँग सम्बन्धित छ ।
यो घटना खेलको दोस्रो इनिङको १० औं ओभरको चौथो बलमा भएको थियो, जब पाण्ड्या आफ्नो रन(अपमा फर्कने क्रममा विकेटको बेलमा बल प्रयोग गर्दै ठोक्किएका थिए । हार्दिक पाण्ड्याले अपराध स्वीकार गरेका म्याच रेफ्री राजीव सेठले बताएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्