काठमाडौँ । प्रदेश सरकार चलाईरहेको कांग्रेस-एमाले गठबन्धन सरकारको नेतृत्व बदल्न दौडधुप गर्न थालेका छन् । कांग्रेस र एमालेभित्रका नेता र संसदहरुको दबाब बढ्दै गएपछि पार्टी नेतृत्व प्रदेशमा फेरि आलोपालो सरकार सञ्चालनको दौडमा जुटेका हुन् ।
कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा आफैं प्रदेश सरकारको नेतृत्व बदल्न कस्सिएका छन् । प्रदेशमा सरकार फेरबदलकै विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका शीर्ष नेताहरूबीच पटक–पटक संवाद भइसकेको छ ।
कांग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत ओलीलाई भेटेका छन् । थापा गत आइतबार मात्र ओलीलाई भेट्न उनकै निवास गुन्डु पुगेका थिए । भेटमा संविधान निर्माणका शक्तिहरू एकठाउँमा रहेर जाने र प्रदेश सरकारमा सहकार्य गर्नेबारे छलफल भएको ओलीनिकट एक नेताले जानकारी दिए ।
शर्माले भने मंगलबार गुन्डु पुगेर दोस्रो पटक एमाले अध्यक्ष ओलीसँग भेटेका थिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्