पार्टी मिलाउन सबै विषयमा छलफल गर्न तयार गगन थापा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ६

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी मिलाएर जाने सबै विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।

महोत्तरीको बर्दिबासमा बुधबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सम्बोधन गर्दै उनले सबै कुरा मिलाउन तयार रहेको बताए ।

सभापति थापाले संस्थापन इतर समूहका नेताहरूलाई क्रियाशील सदस्यता अद्यावधिकमा अवरोध सिर्जना नगर्न पनि आग्रह गरे ।

इरत समूहले सदस्यता अद्यावधिक नगर्ने कारणबारे आफू अचम्म परेको पनि बताए । पार्टीको कुनै पनि क्रियाशील सदस्यले चाहने बेलासम्म सदस्यता अद्यावधिक गर्न पाउने उनले बताए ।

उम्मेदवारलाई कुनै पनि मतदाताले मत नहाल्न पाए पनि पार्टीको क्रियाशील सदस्यले रूख चिन्हभन्दा दायाँबायाँ गरेर मत हाल्छु भन्ने नपाइने सभापति थापाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *