|
२०८३ जेष्ठ ६
काठमाण्डौँ । २२ वर्षपछि आर्सनल प्रिमियर लिग च्याम्पियन बनेको छ । साविक विजेता म्यानचेस्टर सिटीले बर्नमाउथसँग बराबरी खेलेपछि आर्सनलले एक खेल बाँकी हुँदै उपाधि जित सुनिश्चित गरेको हो ।
मिकेल अर्टेटाको प्रशिक्षणमा आर्सनलले लामो उपाधि खडेरी अन्त्य गर्दै समर्थकलाई ऐतिहासिक खुसी दिएको छ। पछिल्ला तीन सिजन उपविजेतामै सीमित भएको आर्सनल यसपटक भने अन्ततः सफल बन्यो ।
आर्सनलले पछिल्लो पटक सन् २००३र०४ मा अपराजित रहँदै प्रिमियर लिग जितेको थियो। त्यो टोलीलाई “इन्भिन्सिबल्स” भनेर चिनिन्थ्यो।
अब आर्सनलको ध्यान च्याम्पियन्स लिगमा केन्द्रित भएको छ । २० वर्षपछि फाइनल पुगेको आर्सनलले मे ३० मा पीएसजीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। क्लब पहिलो पटक च्याम्पियन्स लिग जित्ने लक्ष्यमा छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्