आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २३

काठमाण्डौँ । इङ्लिस क्लब आर्सनल दुई दशकपछि युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार मध्यराति घरेलु मैदानमा सम्पन्न सेमिफाइनलको दोसो लेगमा आर्सनलले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो । त्यसअघि पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।

आर्सनलको जितमा कप्तान बुकायो साकाले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरे ।

आर्सनलले २००५/०६ सिजनमा च्याम्पियन्स लिग फाइनल खेलेको थियो । जतिबेला टोली फाइनलमा बार्सिलोनासँग २–१ ले हारेको थियो । मे ३० मा हुने फाइनलमा आर्सनलले बार्यन म्युनिख र पिएसजीमध्ये एकसँग खेल्नेछ ।

बार्यन म्युनिख र पिएसजी बुधबार मध्यराति सेमिफाइनलको दोस्रो लेगमा प्रतिस्पर्धा गर्दैछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *