सरकारलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न कांग्रेसको सुझाव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ४

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सो सुझाव दिएकी हुन् ।

‘सरकार आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । अब बजेट विनियोजनको तयारीमा छ । त्यसैले स्वास्थ्य र शिक्षाको क्षेत्रमा कटौती होइन, प्रभावकारी लगानी आवश्यक छ ।

मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती अहिले पनि यथावत रहेको जिकिर गर्दै त्यसमा सुधार ल्याउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *