२१ हजारमा ओप्पो फोन बजारमा, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १

काठमाण्डौँ । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन ‘ओप्पो ए६सी’ (Oppo A6C) सार्वजनिक गरेको छ । सुलभ मूल्यमा बलियो ब्याट्री र आधुनिक फिचर चाहने प्रयोगकर्तालाई लक्षित गर्दै यो फोन उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

फोनको मुख्य आकर्षण ७,००० एमएएच क्षमताको ब्याट्री हो । १५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने यो ब्याट्रीको हेल्थ (आयु) ६ वर्षसम्म टिक्ने कम्पनीको विशेष दाबी छ । साथै, यसमा रहेको रिभर्स वायर्ड चार्जिङ सुविधाका माध्यमबाट प्रयोगकर्ताले अन्य डिभाइसहरू समेत चार्ज गर्न सक्नेछन् ।

फोनमा १२० हर्ज रिफ्रेस रेटयुक्त ६.७५ इन्चको एचडी प्लस एलसीडी डिस्प्ले दिइएको छ । ९०० निट्सको पिक ब्राइटनेस रहेका कारण चर्को घाममा पनि स्क्रिनका कन्टेन्ट स्पष्ट देख्न सकिने कम्पनीले जनाएको छ ।

एन्ड्रोइड १५ मा आधारित कलर ओएस सफ्टवेयर रहेको फोनमा टी–७२५० अक्टाकोर चिपसेट प्रयोग गरिएको छ । ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज क्षमता रहेको यो फोनमा ४८ महिनासम्म कार्यसम्पादन सुस्त नहुने ुफ्लुएन्सी प्रोटेक्सनु सुविधा समेत छ ।

फोनमा पोर्ट्रेट, नाइट मोड, एआई रिटच, गुगल लेन्स जस्ता सुविधा पाउन सकिन्छ । साथै, ‘हाई(रेज’ मोड प्रयोग गरी ५० मेगापिक्सेलसम्मको गुणस्तरमा फोटो खिच्न सकिने दाबी गरिएको छ ।

सुरक्षाका लागि यसमा साइड-माउन्टेड फिंगरप्रिन्ट सेन्सर र फेस अनलक सुविधा छन् । धुलो र पानीबाट जोगाउन यसलाई आईपी६४ रेटिङ दिइएको छ । कनेक्टिभिटीका लागि वाई-फाई ५, ब्लुटुथ ५.२, यूएसबी टाइप-सी पोर्ट र ३.५ एमएम हेडफोन ज्याक उपलब्ध छ ।

फोन सार्वजनिक भएको अवसरमा कम्पनीले दुई महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी योजना ल्याएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *