राष्ट्र बैंकले आज पनि ४५ अर्ब तान्दै, दिन बिराएर बैंकबाट निक्षेप खिच्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि ४२ दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । यसअघि वैशाख ३० गते पनि ४२ दिनका लागि ४० अर्ब निक्षेप खिचेको थियो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार अहिले कुल निक्षेप ७९ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । तर, यसमध्ये अधिकांश कर्जा प्रवाह भए पनि अझै प्रणालीमा अधिक लगानीयोग्य रकम (तरलता) करिब ११–१२ खर्ब रुपैयाँ हाराहारीमा रहेको छ ।

आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ असार १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोलकबोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *