गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरी पूर्ण एकताका साथ अगाडि बढ्नुपर्ने विश्वप्रकाशको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३१

काठमाण्डौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरी पूर्ण एकताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । पोखरामा आयोजित नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेलामा उपसभापति शर्माले विशेष महाधिवेशनको विपक्षमा रहेकाहरूलाई पनि सम्मानजनक जिम्मेवारी दिएर समेट्ने प्रक्रिया सुरु भइसकेको बताए ।

उनले पछिल्ला तीन वटा मुख्य निर्णयहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरे । महिला सङ्घको सभापतिमा मिना खरेल, संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे र केन्द्रीय समितिमा १९ जना सदस्यहरूको मनोनयन पार्टीलाई एक बनाउने कडीका रूपमा गरिएको निर्णय भएको शर्माले बताए ।

यी सबै नेताहरू विशेष महाधिवेशनमा सहभागी नभएको बताउँदै शर्माले पार्टीले उनीहरूको क्षमता र योगदानलाई कदर गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए ।

पार्टीभित्रको आन्तरिक विवाद र प्रक्रियाका सम्बन्धमा उपसभापति शर्माले असन्तुष्टि जनाए । पार्टीभित्र लामो समयदेखि चल्दै आएको ६०र४० को भागबन्डाको मनोवृत्ति त्याग्न आग्रह उपसभापति शर्माले आग्रह गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *