स्क्यामका विज्ञापनमार्फत अर्बौँ डलर नाफा कमाउँदै मेटा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३१

काठमाण्डौँ । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटामाथि ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिने ठगीका विज्ञापनहरूलाई नियन्त्रण गर्न असफल भएको र उल्टै त्यसबाट ठुलो नाफा कमाएको गम्भीर आरोप लागेको छ ।

सेन्टर फर काउन्टरिङ डिजिटल हेट (सीसीडीएच) को नयाँ प्रतिवेदन र क्यालिफोर्नियाको सान्टा क्लारा काउन्टीले मुद्दा दायर गरेसँगै मेटाको विज्ञापन संयन्त्रभित्रका विकृति सार्वजनिक भएका हुन् ।

प्रतिवेदन अनुसार फेसबुकमा सक्रिय ३० वटा सबैभन्दा ठुला स्क्यामर अकाउन्टले मात्र पछिल्लो एक वर्षमा २१ करोड ५० लाख पटक आफ्ना विज्ञापनहरू प्रयोगकर्तालाई देखाएका छन् । अचम्मको कुरा त के छ भने यी विज्ञापनहरू हेर्नेमध्ये ७३ प्रतिशत प्रयोगकर्ता ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू रहेका छन् । एनबीसी न्युजका अनुसार यी विज्ञापनहरूमा अमेरिकी राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प, ओप्रा विन्फ्रे, स्टिभ हार्भे र ब्राड पिट जस्ता चर्चित हस्तीहरूका नक्कली तस्बिर वा भिडिओहरू प्रयोग गरी मानिसहरूलाई भ्रममा पार्ने गरिएको छ ।

ठगी गर्नेहरूले मुख्यतया मेडिकेयर मार्फत निस्शुल्क खाद्यान्न, भाडा र ग्यासका लागि ३,६०० डलरसम्मको सहायता पाउने लोभ देखाउने गरेका छन् । विज्ञापनमा ुमूर्ख नबन्नुहोस्, अहिले नै दाबी गर्नुहोस्ु जस्तो भाषा प्रयोग गरिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *