न्यायाधीशबारे रास्वपाले गरेको टिप्पणीमा कांग्रेसको आपत्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३०

काठमाण्डौँ । न्यायाधीशहरूबारे राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको टिप्पणीमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सर्वोच्च अदालतको न्यायाधीश भएर ‘व्यापारिक घरानाका कार्यक्रममा जाने, दुई तिहाइको सरकारलाई ललकार्ने ?’ भन्दै प्रश्न गरेका थिए ।

त्यसपछि बुधबार कांग्रेसका सचेतक निश्कल राईले आपत्ति जनाएका हुन् ।

उनका अनुसार, संविधानमा न्यायाधीशहरूको विषयमा संसद्‌मा बहस नगर भन्छ । महाअभियोग लगाएको अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख भएको उनले बताए ।

‘तर सत्तारुढ दलकै एक वरिष्ठ माननियज्यूले गरिमामय सदनको रोस्टममा उभिएर दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्कारेर न्यायाधीशको बारेमा बोल्नुभयो । यो अनैतिक, अराजनीतिक मात्र होइन असंवैधानीक पनि छ,’ राईले भने ।

रास्वपाले ‘संविधान पढेको छ वा छैन ?’ भनेर पनि उनले कटाक्ष गरे ।

यस्तो विषयमा बोल्दा सभामुखले रोक्नुपर्ने उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *