चीनद्वारा ट्रम्पको भ्रमण पुष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २८

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेइजिङले सोमबार पुष्टि गरेको छ। वासिङ्टन र बेइजिङबीच भन्सार महशुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दाबी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद छ।

राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रिलको शुरुमा भ्रमण गर्ने कार्यक्रम तय भएको पनि इरान युद्धका विषयमा ध्यान केन्द्रित गर्न उहाँले यसअघि आफ्नो भ्रमण स्थगित गरेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमण गर्न लागेका हुन् ।

अमेरिकी अधिकारीहरुका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाब दिने अपेक्षा गरिएको छ।

चीन इरानी तेलको लागि एक प्रमुख ग्राहक हो। मुख्यतया, उसले इरानबाट विशेष सहुलियत दरमा ठूलो पैमानामा कच्चा तेल आयात गर्ने गर्दछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *