काठमाण्डौँ । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुस्थित ‘माउन्ट डुकोनो’ ज्वालामुखी विस्फोट हुँदा २० पर्वतारोही बेपत्ता भएका उद्धार अधिकारीलाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।
अधिकारीका अनुसार, बेपत्ता हुनेमा सिंगापुरका नौ नागरिक छन् । विस्फोट हुँदा करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धुवाँधुलो फैलिएको छ ।
अधिकारीले घाइते व्यक्तिहरूबारे अझै पुष्टि नभएको बताएका छन् । रिपोर्टका आधारमा बेपत्ता भएका २० जनाको खोजी भइरहेको स्थानीय उद्धार अधिकारी इवान रामदानीले पुष्टि गरेका छन् ।
वैज्ञानिकले पछिल्लो समय इन्डोनेसियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिएपछि अप्रिल १७ देखि यो क्षेत्र आगन्तुकका निम्ति बन्द गरिएको भए पनि बेपत्ता सबै पर्वतारोही रहेका उनले उल्लेख गरेका छन् ।
इन्डोनेसियको भू–विज्ञान विभागका प्रमुख लाना सारियाले विस्फोटको प्रभाव उत्तरी मालुकु प्रान्तको माउन्ट डुकोनोको शिखरबाट करिब १० किलोमिटर टाढाको क्षेत्रसम्म परेको पुष्टि गरेकी छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्