‘बालेनको साथीको तीन तले घर’ विवादमा सांसद केपी खनालको स्पष्टीकरण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २०

काठमाडौँ । सामाजिक सञ्जालमा ‘बालेनको साथीको घर’ भन्दै भाइरल बनेको तीन तले घरबारे रास्वपा सांसद केपी खनालले स्पष्टीकरण दिएका छन् ।

उनले उक्त घर आफ्नो व्यक्तिगत कमाइबाट नभई भारतमा दशकौँदेखि श्रम गरेका आमा–बुवाको आम्दानीबाट बनेको बताएका छन् ।

घर ऐलानी जग्गामा बनेको भन्ने आरोपबारे उनले सुदूरपश्चिम तराई क्षेत्रमा धेरै घरहरू लालपुर्जा नभएको जग्गामा रहेको उल्लेख गर्दै यो कुनै सार्वजनिक वा सरकारी जग्गा नभएको दाबी गरेका छन् । परिवारको दुःखको कमाइमाथि प्रश्न उठाइएकोमा उनले दुःख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *