रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १७

काठमाण्डौँ । रोल्पामा तीर्थयात्री बोकेको जीप दुर्घटनामा परेको छ। रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

भोलि लाग्ने वैशाखे पूर्णिमामा पूजा गर्न रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको जीप रोल्पाको थवाङ गाउँपालिकाको जलजला क्षेत्रमा दुर्घटनामा परेको हो ।

जीपमा १८ जना सवार रहेको र घटनाको पूर्ण विवरण आइनसकेको इलाका प्रहरी कार्यालय थवाङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *