|
२०८३ बैशाख १५
काठमाण्डौँ । नेपाली कांग्रेसले सांसद भीष्मराज आङदम्बेलाई संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश, निर्वाचन आयोग प्रमुख आयुक्त, समावेशी आयोग अध्यक्ष लगायतका रिक्त पदाधिकारीहरुको नाम सिफारिस गर्नुपर्नेछ ।
प्रधानन्यायाधीश पद गत १७ चैतमा रिक्त भएको छ र वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कामू प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन् । परिषद् पदाधिकारीमा अब अध्यक्षका रुपमा प्रधानमन्त्री बालेन्द्र शाह, सदस्यहरुमा सभामुख डीपी अर्याल, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख रुबी ठाकुर र विपक्षी दलका नेता आङदेम्बे छन् ।
परिषदले पूर्णता पाएसँगै अब प्रधानन्यायाधीशसहित संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न मार्गप्रशस्त भएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्