नयाँ वर्ष लागेपछि मात्रै कांग्रेस संसदीय दलको नेता चयन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २४

काठमाण्डौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता नयाँ वर्ष लागेपछि मात्रै चयन गर्ने भएको छ । कांग्रेसमा दलको नेता चयनका लागि पार्टीले निर्वाचन समिति बनाउने व्यवस्था छ ।

त्यही व्यवस्था अनुसार सभापति गगन थापाले सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको नेतृत्वमा दलको नेता चयनका लागि निर्वाचन समिति बनाएका छन् । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य छन् । त्यो निर्वाचन समितिले नयाँ वर्ष २०८३ लागेपछि मात्रै दलको नेता चयन गर्ने बताएको हो ।

निर्वाचन समितिका संयोजक सहमहामन्त्री रसाइलीले दलको नेता नयाँ वर्ष लागेपछि मात्रै चयन गर्ने तयारीमा आफूहरू रहेको जानकारी दिए ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट जितेको छ । पार्टीको हैसियत प्रतिनिधि सभामा खुम्चिए पनि प्रमुख प्रतिपक्षी दलको हैसियत प्राप्त गरेकाले दलको नेतामा आकांक्षा धेरै सांसदले राखेका छन् । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य पनि हुने भएकाले पनि धेरैले आकांक्षा राखेका हुन् ।

अहिलेसम्म सांसदहरू भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्य, भरत खड्कासहितले दलको नेतामा आकांक्षा राखेको नेताहरू बताउँछन् । केसी र आङदेम्बेले त सार्वजनिक रूपमै दलको नेतामा दाबी स्वभाविक भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *