नेकपाको संयोजन समितिको बैठक आज बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १४

काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ ।

नेता प्रकाश ज्वालाका अनुसार आजको बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको छ ।

बैठकमा चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र सांगठनिक जिम्मेवारीको बाँडफाँट लगायतका प्रस्ताव आउन सक्ने ज्वालाले बताएका छन् । यसअघि वैशाख ३ गतेको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै संयोजक र सह–संयोजकले निर्णय प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएका थिए, जसलाई आजको बैठकले अनुमोदन गर्ने बताइएको छ ।

सांगठनिक संरचनाका सन्दर्भमा प्रदेश इन्चार्ज, सह-इन्चार्ज, संयोजक र सह-संयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूबाटै तोक्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *