|
२०८३ बैशाख १३
काठमाण्डौँ । कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि सवारीसाधन करको ४० प्रतिशत हिस्सा स्थानीय तहमा बाँडफाँट गर्ने तयारी गरेको छ । कुल १ अर्ब २६ करोड रुपैयाँ १३७ स्थानीय तहमा वितरण हुने अनुमान गरिएको छ।
सबैभन्दा बढी रकम विराटनगर महानगरपालिकाले (३ करोड ४३ लाख रुपैयाँभन्दा बढी) पाउनेछ भने सबैभन्दा कम तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले करिब ४२ लाख रुपैयाँ प्राप्त गर्नेछ। मोरङका सुन्दरहरैँचा, बेलबारी र पथरीशनिश्चरे नगरपालिका पनि उच्च रकम पाउने सूचीमा छन् ।
यो बाँडफाँट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस र कानुनी व्यवस्थाअनुसार गरिएको हो । रकम सडकको अवस्था र सवारी चापका आधारमा वितरण गरिनेछ, जसले स्थानीय तहमा सडक पूर्वाधार विकास र मर्मतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्