सानो लगानीबाट ठूलो सफलता: म्याग्दीका कृषकको बाख्रापालनमा उन्नति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ८

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका ६० वर्षीय कृषक कृष्ण गौचनले सामान्य लगानीबाट सुरु गरेको बाख्रापालन व्यवसायबाट अहिले वार्षिक लाखौँ आम्दानी गरिरहेका छन्। उनले विसं २०७४ मा करिब ५२ हजार रुपैयाँ जुटाएर तीन माउ बाख्रा किनेर व्यवसाय थालेका थिए।

सुरुआती चरणमा केही चुनौती आए पनि नश्ल सुधार र व्यवस्थापनमा ध्यान दिँदा अहिले उनको फार्ममा करिब ७० वटा बाख्रा छन्। उनले मासु र पाल्नका लागि खसीबोका तथा पाठापाठी बिक्री गर्दै राम्रो आम्दानी गर्दै आएका छन्।

बाख्रापालनबाट प्राप्त आम्दानीले उनको परिवारको जीवनस्तर सुधारिएको छ भने छोराछोरीको शिक्षामा समेत सहयोग पुगेको छ। विदेशबाट फर्किएका उनका छोराले पनि अहिले यही व्यवसायमा साथ दिइरहेका छन्।

गौचनको सफलताले स्थानीयस्तरमै मेहनत र सही योजना भए आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *