भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ७

काठमाडौँ । रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ । आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए ।

यसअघि भएको सहमति अनुसार, महामन्त्रीमा सुनिल लम्साल थिए भने भूपदेव सहमहामन्त्री थिए । लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई पार्टीको महामन्त्री बनाउन लागिएको स्रोतको भनाई छ ।

प्रमुख स्वकीय सचिव भएर काम गरेका उनी बालेनका निकट पात्र मानिन्छन् । रास्वपासँग एकीकरणको प्रक्रियाका क्रममा उनी पार्टीको केन्द्रीय सदस्य बनेका थिए ।

पछिल्लोपटक फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । यद्यपि उनी निर्वाचनमा भने पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *