|
२०८३ बैशाख ६
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। सभापति रवि लामिछानेले बोलाएको बैठकमा संगठनात्मक संरचना सुदृढीकरणसँग सम्बन्धित विभिन्न एजेण्डामा छलफल हुने जनाइएको छ।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि–२०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, साथै विभाग र नेतृत्व मञ्चका मनोनयनबारे निर्णय गर्ने तयारी छ। साथै, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
यसका अतिरिक्त प्रतिनिधिसभा सदस्यहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समिति बैठकको तयारी, संसदीय दललाई प्राविधिक सहयोग तथा लेवीसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्