रास्वपा सांसदहरुले नै उठाउन थाले गृहमन्त्रीको कार्यशैलीमाथि प्रश्न

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सुधन गुरुङको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । अनुगमनका क्रममा जिल्लामा जाँदा सम्बन्धित क्षेत्रका सांसदलाई जानकारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो ।

काभ्रे–१ का सांसद मधु चौलागाईंले बालेन्द्र शाह सँगको छलफल तथा संसदीय दलको बैठकमा गृहमन्त्रीको शैलीको आलोचना गरेका छन् । उनले स्थानीय जनप्रतिनिधिसँग समन्वय नगर्दा क्षेत्रीय समस्या प्रभावकारी रूपमा बुझ्न नसकिने बताएका छन् ।

गृहमन्त्री गुरुङ हाल विभिन्न जिल्लामा निरीक्षण गर्दै अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिँदै आएका छन् भने विकास निर्माणका काम छिटो सम्पन्न गर्न पनि दबाब दिइरहेका छन् । रास्वपा सांसदहरूले अनुगमनका क्रममा सम्बन्धित जनप्रतिनिधिलाई समावेश गराएर काम गर्दा जनताको समस्या अझ राम्रोसँग सम्बोधन हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *