|
२०८२ चैत्र २६
काठमाण्डौँ । त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार त्रिवि कार्यकारीपरिषद्ले २३ चैतमा बिदा दिने निर्णय गरेपछि अस्पतालले कार्यान्वयन गरेको हो ।
अस्पतालले जारी गरेको सूचनामा शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।
बिरामीको सेवालाई ध्यानमा राखी ओपीडी र शल्यक्रिया सेवा भने शुक्रबार पूरै समय र अन्य दिन पनि सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्