यात्रुवाहक सवारीसाधनको भाडा बृद्धि, कति प्रतिशत बढ्यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २५

काठमाण्डौँ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडा दर आजैबाट लागू हुने विभागले जनाएको छ ।

साथै, यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा हुने सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर थियो ।

विभागले २०८२ चैत २२ गते नै भाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा पेस गरेको थियो । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल ९मन्त्रीस्तर० को निर्णयबाट उक्त प्रस्तावलाई स्वीकृत गरेसँगै नयाँ भाडा दर कार्यान्वयनमा आएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *