काठमाण्डौँ । स्वास्थ्य बीमा बोर्डले नियम मिच्ने अस्पतालको सम्झौता रद्द गर्ने चेतावनी दिएको छ ।
बीमा कार्यक्रमका सेवा प्रवाहमा लापरबाही गर्ने र सेवाग्राहीलाई अनावश्यक दुःख दिने स्वास्थ्य संस्थाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
बोर्डले एक सूचना जारी गर्दै बीमा कार्यक्रममा आबद्ध भएका केही सेवा प्रदायक संस्थाहरूले नियम विपरीत कार्य गरेको पाइएकाले त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो ।
बीमाको प्याकेजभित्र पर्ने औषधि तथा औषधिजन्य सामग्रीहरू बाहिरबाटै खरिद गर्न लगाएको गुनासो बढेपछि बोर्डले यस्तो चेतावनी दिएको हो ।
बिमितहरूलाई सेवा लिनुअघि अनावश्यक अग्रिम समय लिन बाध्य पारिएको र सेवा प्रवाहमा भेदभावपूर्ण व्यवहार गरिएको भन्दै बोर्डले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
यस्ता कार्य गर्ने संस्थाहरूलाई स्वास्थ्य बीमा नियमावली, २०७५ र स्वास्थ्य बीमा ऐन, २०७४ बमोजिम कारबाही गरिने बोर्डले स्पष्ट पारेको छ।
यी गतिविधिहरू दोहोरिएको पाइएमा ऐनको दफा १२ बमोजिम सम्बन्धित स्वास्थ्य संस्थासँगको सम्झौता नै रद्द गरिने चेतावनी दिइएको छ ।
अस्पतालको आफ्नै दररेट बिमाको सुविधा थैलीमा उल्लेखित दर भन्दा कम भएमा, अस्पतालको न्यूनतम दरमै दाबी गर्नुपर्ने व्यवस्था गरिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्