आजदेखि सरकारी कार्यालयको समय फेरियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २३

काठमाडौं । सरकारले आजदेखि सरकारी कार्यालयको समय परिवर्तन गर्दै बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार लागू गरिएको नयाँ समयतालिकाले पुरानो १० बजे सुरु हुने प्रणालीलाई प्रतिस्थापन गरेको हो।

यस कदमलाई इन्धन खपत घटाउने र कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यसँग जोडिएको छ। निर्णय राजपत्रमार्फत सार्वजनिक भइसकेको छ।

यसअघि पनि सरकारले कार्यालय समय परिवर्तनको अभ्यास गरिसकेको भए पनि अहिलेको व्यवस्था पुनः लागू गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *