सभामुखमा निर्विरोध निर्वाचित अर्यालको आजै शपथ ग्रहण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २२

काठमाण्डौँ । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित डोलप्रसाद (डीपी) अर्यालले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दिउँसो साढे २ बजे अर्याललाई शपथ गराउने कार्यक्रम तय गरिएको छ । शपथपछि उनी कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् ।

शुक्रबार भएको मनोनयन प्रक्रियामा अर्याल उम्मेदवार रहेका थिए । आइतबार बसेको प्रतिनिधिसभा बैठकले उनलाई निर्विरोध सभामुख भएको औपचारिक घोषणा गरेको हो ।

शपथसँगै अब प्रतिनिधिसभाको बैठक सञ्चालनको जिम्मेवारी अर्यालले सम्हाल्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *