सरकारको आलोचना गर्दा नियन्त्रणमा परेको आरोप : स्मृति तिमल्सिना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १७

काठमाण्डौँ । जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनाले सरकारको आलोचना गरेको आरोपमा प्रहरीले आफूलाई करिब चार घण्टा नियन्त्रणमा राखेको बताएकी छन् । मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सामाजिक सञ्जालमा धारणा राखेकै कारण आफूलाई पक्राउ गरिएको दाबी गरिन् ।

उनले प्रहरीबाट सरकारविरुद्ध नबोल्ने सर्तमा कागज गराएर मात्र छाडिएको आरोप लगाउँदै यसलाई वाक स्वतन्त्रतामाथिको अंकुशको प्रयास भनेकी छन् ।

तिमल्सिनाले हर्क साम्पाङ ले पनि सोही विषयमा बोलेको उल्लेख गर्दै आफूलाई मात्र लक्षित गरिएकोमा आपत्ति जनाइन्। साथै, आगामी दिनमा तथ्यका आधारमा सरकारका गतिविधिविरुद्ध आवाज उठाइरहने बताइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *