|
२०८२ चैत्र ११
काठमाडौँमा आज महत्त्वपूर्ण संसदीय प्रक्रिया अघि बढ्दैछ। राष्ट्रपति रामचन्द्र पौडेल ले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम राखिएको छ। शपथ समारोह बिहान ११:१५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी सबैभन्दा ज्येष्ठ भएकाले उनलाई यो जिम्मेवारी दिइएको हो। उनी समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्।
अब केसीले भोलि (चैत १२ गते) अन्य निर्वाचित सांसदहरूलाई पनि पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्