“अवसरको झोला” अभियान : विद्यार्थीको भविष्यमा मुक्तिनाथ विकास बैंक को लगानी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १०

काठमाण्डौँ । आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले मुक्तिनाथ विकास बैंक ले “अवसरको झोला” अभियान सञ्चालन गरेको छ। अभियान अन्तर्गत बैंकले विभिन्न जिल्लाका विद्यार्थीहरूलाई विद्यालय झोला, स्टेशनरी, पोशाक तथा छात्रवृत्ति प्रदान गर्दै शिक्षामा पहुँच विस्तार गर्ने प्रयास गरेको हो ।

साधारण झोला जस्तो देखिने सामग्रीले ती बालबालिकाका लागि नयाँ सम्भावनाको ढोका खोल्ने विश्वासका साथ बैंकले उनीहरूमा आत्मविश्वास र उज्ज्वल भविष्यप्रतिको आशा जगाएको जनाएको छ। कार्यक्रमका क्रममा झोला ग्रहण गर्दा विद्यार्थीहरूको अनुहारमा देखिएको खुशीले उनीहरूमा “अब म पनि सक्छु” भन्ने विश्वास थपिएको देखिएको थियो।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेत, कालिकोट, धनुषा लगायतका जिल्लामा हालसम्म करिब ५०० भन्दा बढी झोलाहरू वितरण गरिसकेको छ। साथै, उत्कृष्ट र मेहनती विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको सम्मान गरिएको छ।

“जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने नारालाई आत्मसात गर्दै बैंकले यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *