|
२०८२ चैत्र ८
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–७ रहबासमा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका तानसेन–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या थपिएको हो।
झडेवाबाट चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो। यसअघि चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेलाई उपचारका लागि अस्पताल लगिएको थियो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्