|
चैत्र ६, २०८२
काठमाडौं— नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते बिहीबार तय गरिएको छ। संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै उक्त दिन दिउँसो २ बजे संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा शपथ हुने जानकारी दिएको हो।
सचिवालयले सबै सांसदहरूलाई कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा दुई घन्टा अगावै उपस्थित हुन अनुरोध गरेको छ। शपथका लागि आउँदा सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य रूपमा ल्याउनुपर्नेछ।
त्यस्तै, औपचारिक पोशाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन पनि भनिएको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्