रास्वपामा राई–लिम्बू प्रतिनिधित्व नभएकोप्रति रवि लामिछानेको क्षमायाचना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ४

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा राई, लिम्बू समुदायको प्रतिनिधित्व हुन नसकेकोप्रति सार्वजनिक रूपमा माफी मागेका छन् ।

पार्टीले काठमाडौंमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यसपटकको निर्वाचनमा ती समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न नसकिएको स्वीकार गरेका छन् । उनले सभापतिको हैसियतमा क्षमायाचना गर्दै आगामी दिनमा पार्टीभित्र समावेशीतालाई उच्च प्राथमिकता दिइने प्रतिबद्धता जनाए ।

उनका अनुसार राई–लिम्बू समुदायको प्रतिनिधित्व अभाव पार्टीका लागि महत्वपूर्ण कमजोरी भएको उल्लेख गर्दै भविष्यमा यसलाई सुधार्ने दिशामा ठोस कदम चालिने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *