राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरिएको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

झाका अनुसार खास आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुङ्गो लगाइएको छ ।

यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *