रास्वपाको सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार चयनमा निर्णय हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३०

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शनिबार बस्ने तयारी गरिएको छ। बैठकमा मुख्य रूपमा समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम सिफारिस गर्ने विषयमा निर्णय गरिने बताइएको छ।

गत फागुन २१ मा सम्पन्न निर्वाचनको समानुपातिक मतगणनामा रास्वपाले ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गर्दै ५७ सिट हासिल गरेको थियो। निर्वाचन आयोग ले फागुन २८ मा सिट संख्या घोषणा गर्दै दलहरूलाई उम्मेदवार सिफारिसका लागि तीन दिनको समय दिएको थियो।

यसैबीच बैठकमा पार्टी विधान संशोधन लगायतका अन्य समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ। साथै वरिष्ठ नेता बालेन्द्र शाह लाई प्रधानमन्त्री बनाउने सम्भावनाबारे पनि आन्तरिक रूपमा छलफल हुन सक्ने स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *