काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै ‘नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना गरेको छ। बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभागको औपचारिक उद्घाटन गर्नुभयो ।
बैंकका अनुसार यस विभागमार्फत विदेशमा रहेका नेपालीहरूले एकद्वार प्रणालीमार्फत खाता खोल्ने, कर्जा सेवा, ट्रान्जेक्सन बैंकिङ, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
विदेशमा रहेका ग्राहकलाई फोन, इमेल, प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित कार्यालयमार्फत सेवा उपलब्ध गराइने बैंकले जनाएको छ । साथै भविष्यमा २४सै घण्टा सेवा दिने योजना पनि बैंकको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले नयाँ विभागले विदेशमा रहेका नेपालीलाई नेपालसँग आर्थिक रूपमा जोड्न र लगानीका अवसर विस्तार गर्न सहयोग गर्ने बताउनुभयो ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्