जिप–मोटरसाइकल ठोक्किँदा युवकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २८

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ मा बुधबार जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा सप्तरी विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार २६ वर्षीया पुष्पा साह पनि घाइते भएकी छन्। उनलाई थप उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल लगिएको छ। जिप चालक रञ्जित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *