मकवानपुर-२ मा २५ वर्षीय प्रशान्त उप्रेती निर्वाचित

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन २४, २०८२

काठमाडौँ । मकवानपुर- २ बाट २५ वर्षीय प्रशान्त उप्रेती प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उप्रेती ११ हजार २०४ मत अन्तरले विजयी भएका हुन् ।

उप्रेती ३० हजार ५० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार महेश कुमार बर्तौलाले १८ हजार ८४६ मत पाएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ५६ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लवशेर विष्टले १२ हजार ४९२ मत पाए ।

उज्यालो नेपाल पार्टीका प्रविन कुमार स्याङतानले ६ हजार २३७ मत पाउँदा श्रम संस्कृति पार्टीका युनेश लामा सिंतानले ९३२ र राप्रपाका रामबहादुर थोकरले ७८५ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *