महेश बस्नेतलाई भक्तपुर–२ मा हराउँदै राजीव खत्री निर्वाचित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २३

काठमाण्डौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा निर्वाचनको शनिबार सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन् । बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका कबीर रानाले ८ हजार ३०५ मत प्राप्त गरे । भक्तपुर-१ मा पनि रास्वपाकै उम्मेदवार विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *