|
फाल्गुन २१, २०८२
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा क्षेत्र ५ का उम्मेदवार बालेन्द्र शाह बालेनले बुधबार नै काठमाडौं–झापा रुटमा हेलिकोप्टर प्रयोगको अनुमति लिएको पाइएको छ ।
बुधबार नै आयोगसँग हेलिकोप्टर प्रयोगको अनुमित लिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
आयोगले काठमाडौं–झापा रुटमा मात्र प्रयोग गर्ने गरी बुधबार नै शाहलाई अनुमति दिएको हो । यो रुटमा हेलिकोप्टर प्रयोग गर्दा लाग्ने खर्चको छुट्टै अभिलेख आयोगले मागेमा उपलब्ध गराउने गरी व्यवस्था गर्नसमेत निर्णय गरेको छ ।
बिहीबार बिहान काठमाडौंमा मतदान गरी झापा उडेका बालेन सुरक्षा चेतावनीका कारण बीचबाटै फर्किएको बालेन सचिवालयले जनाएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्