|
२०८२ फाल्गुन १३
काठमाडौं, फागुन १३ — काठमाडौं महानगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधार गर्ने लक्ष्यसहित विशेष कक्षा सञ्चालनमा ल्याएको छ।
महानगरको शिक्षा विभागले पहिलो चरणमा गीतामाता माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुह्ेश्वरी बालशिक्षा माध्यमिक विद्यालय मा कक्षा सुरु गरेको हो। यहाँ ५२३ विद्यार्थी सहभागी हुनेछन्।
५० प्रतिशतभन्दा कम नतिजा आएका अन्य पाँच विद्यालयमा भने चैत ३ पछि कक्षा सञ्चालन गरिनेछ। दुवै चरण गरी ६२७ विद्यार्थी लाभान्वित हुने महानगरले जनाएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोल ले विद्यार्थीलाई आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन प्रेरित गर्न शिक्षकलाई आग्रह गरेकी छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्