काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक माहोल झनै गर्माएको छ ।
मतदानका लागि अब १० दिन भन्दा कम समय मात्रै बाँकी छ । तर, निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने बेलामा देशका विभिन्न स्थानमा झण्डा जलाउने, कार्यालय तोडफोड गर्ने र साम्प्रदायिक तनाव बढाउने खालका घटनाहरु बढ्न थालेका छन् । गौर, तुलसीपुर र दाङ लगायतका स्थानमा भएका पछिल्ला घटनाले चुनावी वातावरण विथोल्दै त छैनरु संशय पैदा भएको छ ।
चुनाव नहुन पनि सक्छ रुयो भाष्य यतिबेला जबरजस्त स्थापित गर्न खोजिँदैछ । मतदानका लागि १० दिन भन्दा कम समय बाँकी हुँदा राजनीतिक गतिविधि तीव्र हुनु स्वभाविक हो । तर, पछिल्ला केही दिनयता भइरहेको घटनाले चुनावी माहोललाई असहज बनाउने संकेत गरेको छ । रौतहटको गौरमा सूरु भएको साम्प्रदायिक तनाव अझै साम्य भएको छैन । माहोल विग्रँदै गएपछि प्रशासनले कफ्र्यु आदेश जारी गर्दै सेना परिचालन गरेको छ ।
निर्वाचनको मुखमा स्थानीय तहमा भएको यो घटनाले सुरक्षा व्वस्थामाथि चुनौती थपेको छ । यता तुलसीपुरको वीरेन्द्र चोकमा नेकपा एमालेको सूर्य अंकित झण्डा जलाइएको घटनाले पनि राजनीतिक वृत्त गर्माएको छ । यहि बिषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र नेकपा एमालेका कार्यकर्ताबीच साइबर युद्ध नै चलिरहेको छ । सोही क्षेत्रमा स्वर्गीय राजा विरेन्द्रको शालिकमाथि तोडफोडको बिषयलाई लिएर यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि असन्तोष पोखिरहेको छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्