कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ८

काठमाडौँ — Nepali Congress को केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान १० बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ।

पार्टीभित्र देखिएका अनुशासनसम्बन्धी मुद्दा टुंग्याउन बैठक आह्वान गरिएको हो।

बैठकमा पछिल्ला दिनमा चुलिएको आन्तरिक विवाद, विद्रोही उम्मेदवारको गतिविधि तथा विगतमा भएका अनुशासन कारबाहीका फाइलहरूबारे समीक्षा हुने जनाइएको छ।

पार्टी नेतृत्वले संगठनात्मक एकता सुदृढ गर्ने उद्देश्यसहित छलफल अघि बढाउने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *