|
२०७८ असार १४
१४ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । साथै ४२ जनाले सङ्क्रमणबाट ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ जना गरी जम्मा २४४४ जना संक्रमित थपिएका हुन् ।
सो अवधिमा थप ३ हजार ८५३ जना निको भएसँगै निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ । नेपालमा निको हुने दर ९२.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को संक्रमणबाट थप ४२ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोनाकै कारण ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड मृत्यु दर १.५ प्रतिशत रहेको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्