चुनावी गठबन्धन गर्न फकाउँदै ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २१

काठमाण्डौँ । जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक शक्तिसन्तुलन र नयाँ बनाम पुराना भन्ने भाष्यबीच हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनले ठूला दलहरूलाई असहज दबाबमा पारेको छ ।

सार्वजनिक रूपमा सबै दलका नेताहरू चुनावी गठबन्धन नहुने दाबी गरिरहेका छन्, तर भित्री तहमा भने सुषुप्त संवाद जारी रहेको संकेतहरू देखिन्छन् ।

विगतमा मनोनयनअघि वा परिणामपछि गठबन्धन गर्ने अभ्यास भए पनि यसपटक चुनावकै मुखमा सहकार्यबारे गोप्य छलफल भइरहेको चर्चा छ ।

यद्यपि, नेताहरूले औपचारिक रूपमा यसलाई स्वीकार गरेका छैनन् ।

आपसी अविश्वास, मतदाता थप ध्रुवीकरण हुने जोखिम र कार्यकर्तामाझ नकारात्मक सन्देश जाने भयले उनीहरू खुलेर तालमेलको बाटो समात्न सकेका छैनन् ।

यसबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावी सहकार्यको प्रस्ताव गरेको स्रोतहरूको दाबी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *