|
२०८२ माघ २१
सर्लाही । सर्लाही जिल्लाको ईश्वरपुर क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान लु ३ च ५४७२ नम्बरको निजी कार दुर्घटनामा परेको हो। दुर्घटनामा बुटबल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम् जैसवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
काँकरभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको उक्त कारका चालक २३ वर्षीय साहिल बर्मा तथा यात्रुहरू ४८ वर्षीय वृजकिशोर बर्मा र ५२ वर्षीय सञ्जय जैसवाल घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि महोत्तरीको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार घाइतेमध्ये सञ्जय जैसवालको अवस्था गम्भीर रहेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्