प्रभु बैंकको सीइओमा सुमन शर्मा नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २०

काठमाण्डौँ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुमन शर्मा नियुक्त भएका छन् ।

मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो ।

उनी आजैदेखि लागु हुने गरी आगामी चार वर्षका लागि सीइओमा नियुक्त भएका हुन् । यसअघि माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेको थियो ।

यसअघि सनराइज बैंकमा सीइओ रहेका नवनियुक्त सीइओ शर्माले ग्लोबल आइएमई बैंकमा डिसीइओ र माछापुच्छ्रे बैंकमा सीइओ भएर काम गरि सकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *