सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदै छ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २०

काठमाण्डौँ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ ।

शुक्रबारयता तोलामा ५२ हजार ७०० रुपैयाँले घटेर सोमबार २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पुनः ३ हजार ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले बढ्दै ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा ३०० रुपैयाँले घट्दै चाँदी ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *