|
२०८२ माघ १९
काठमाण्डौँ । माछापुच्छ्रे बैंकको ३० लाख भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ ।
बैंकको संस्थापक समूहको ३० लाख ९७ हजार ३८० कित्ता सेयर बिक्रीमा राखिएको हो । यो सेयरमा हाललाई बैंककै संस्थापक सेयरधनीहरुले मात्र खरिद निवेदन दिन सक्नेछन् ।
निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ ।
तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्